संसद पुनःस्थापनाका विषयमा जसपा नेपाल दुई धार

183

पुस २८,
काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा पनि संसद विघटनको विषयलाई लिएर दुईटा समूह बनेका छन् । एउटा समूहले संसद पुनःस्थापना हुनुपर्ने कुरामा जोड दिएको छ भने अर्को समूहले अदालतको फैसलालाई स्वीकार गर्ने भन्दै चुनावको वकालत गरिरहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले संसद पुनःस्थापना नै हुनुपर्ने भन्दै आइरहेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधरले संसद पुनःस्थापना नभए चुनावका लागि तयार रहनुपर्नेमा जोड दिँदै आइरहेका छन् । जसपा नेपालले अहिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम गरिरहेको छ । आन्दोलनमा बोल्ने नेताहरुका धारणा पनि फरक–फरक आइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद पुनःस्थापनाका लागि आन्दोनल गरिरहेको छ । उक्त समूहले जसरी पनि संसद पुनःस्थापना गर्ने दावी गर्दै दोस्रो चरणको आन्दोलन गरिरहेको छ, त्यसलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा।बाबुराम भट्टराईले साथ दिइरहेका छन् ।

यता, नेपाली काँग्रेसमा पनि संसद पुनःस्थापनाका विषयमा दुईटा धार देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा अदालतको निर्णयलाई कुर्ने र त्यसैको आधारमा आगडि बढ्ने भनिरहेका छन् । चुनावबाट डराउन नहुने उनको धारणा छ । तर सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापनाको विकल्प नरहेको भन्दै आइरहेका छन् ।