माघ ६,
एजेन्सी । बलिउड अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् । समाचारअनुसार उनले दुबई निवासी सुरज नान्वियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एक अर्कासँग प्रेममा थिए ।लकडाउनको सुरूको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन् । केही दिनअघि उनले अफ्नो सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारको साथ तस्वीरसमेत सार्वजनिक गरेकी थिइन्...
माघ ५,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र प्रयोग हुँदै आएका र्याम्प बस प्रतिस्थापन हुने भएका छन्। अन्तर्राष्ट्रियस्तरमा पनि अहिले विमानस्थलभित्र विद्युतीय बस सञ्चालन हुन थालेकाले नेपालमा पनि र्याम्प बसलाई प्रतिस्थापन गरी प्रदूषणरहित विद्युतीय सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार तत्कालै र्याम्प बस हटाइहाल्ने नीति छैन। तर विस्तारै प्रतिस्थापन गर्दै लैजाने नीतिअन्तर्गत आवश्यक छलफल...
माघ ५
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरू गरेका छन् । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए । यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरू गरिएको उनले बताए ।
नेपालगञ्जबाट सिमकोट...
माघ ५,
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा र ६।५२”को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र सटिक तस्विर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभवपनि प्रदान गर्ने कम्पनीले जनाएको छ । ...
माघ ५
काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा निकालेको छ । गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो । संघर्षपूति जित निकालेको गण्डकीको जारी प्रतियोगितामा...
माघ ५
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन् । देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ३७४...
माघ ५
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल नेपाल महिला...
माघ ४,
काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको...
माघ ४,
काठमाडौं । गएको पुष १० गतेबाट ९ महिनापछि सञ्चालनमा आएका सिनेमा हलमा माघे संक्रान्तिबाट अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको छ । अन्य निर्माता यो समयमा फिल्म प्रदर्शन गर्न तयार नहुँदा अभिनेता श्रेष्ठले जोखिम उठाएका थिए । यो फिल्मले सिनेमा हलमा दर्शक फर्काउनेमा फिल्मकर्मीदेखि हल सञ्चालकसम्म पूर्ण विश्वस्त थिए ।...
माघ ४,
भक्तपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको त्रासको कारण देशभरका विद्यालय गत चैतदेखि बन्द थिए । धेरै विद्यालयहरुले अनलाईन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका थिए । तर, सबै विद्यार्थीहरु यसको पहुँचमा थिएनन् ।
तर, आइतबारदेखि भने भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा रहेका सामुदायीक तथा संस्थागत विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितमा नै कक्षा सुरु भएको छ । योसंगै जिल्लामा रहेको...










