Saturday, October 3, 2026
Home समाचार घुससहित प्रहरी हवल्दार पक्राउ

घुससहित प्रहरी हवल्दार पक्राउ

171
सांकेतिक तस्विर

पुस २८,
काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।