मन्त्री ठगुन्नालाई कालो झण्डा

204

कैलाली । सत्तारुढ नेकपा (ओली पक्ष) द्वारा आयोजित सभालाई सम्बोधन गर्न मंगलबार बझाङ जिल्लाको च‌ैनपुरमा पुगेका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्ध उनीहरुले सडकमा कालो झण्डा देखाउदै टायर बालेर प्रदर्शन गरेका थिए । मन्त्री ठगुन्नाको टोलीमा सांसद भैरवबहादुर सिंह , सत्तपक्षीय अनेरास्ववियूका संयोजक ऐन महर लगायत थिए । अनेरास्ववियूले प्रतिगामी कदम चालेको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।