शिक्षण संस्थाहरूलाई बेरोजगार उत्पादन गर्ने कारखाना नबनाऊ : प्रधानमन्त्री ओली

77
फाइल तस्बिर

भदौ २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण संस्थाहरूलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउन नहुने बताएका छन्। चालिसौं राष्ट्रिय शिक्षा दिवस एवम् त्रिपन्नौ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले अहिले जीव उपयोगी शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै शिक्षण संस्थाहरूलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

‘आधारभूत तहदेखि नै यही लक्ष्य हासिल गर्न सहायक हुने जनशक्ति तयार गर्ने पाठ्यक्रम लागू गरिनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भनेका छन्। उनले आगामी दुई वर्षमा नेपाललाई साक्षर देश घोषणा गर्न सरकार प्रतिबद्ध रहेको पनि आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। विश्वमा ज्ञानको प्रचार नहुँदै नेपालमा वेदका ऋचाहरूको रचना गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् ुज्ञान भूमिको रुपमा नेपाल जुन गतिले अगाडि बढ्नु पर्दथ्यो, विगतमा शासकहरुको अदूरदर्शीताले अपेक्षाकृत गति समाउन सकेन।ु