काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्। कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा आबद्ध नभएको, अनुशासन नमान्ने, पार्टी कार्यालय नजाने वा सभापति नचिन्ने अभिव्यक्ति दिएमा त्यस्ता व्यक्तिलाई धन्यवाद दिएर बिदा गरिने उनको भनाइ छ ।












