मित्रश्री पाठशालमा चित्रकला प्रतियोगीता

155

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको मित्रश्री पाठशालामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । सोमबार उक्त दिवसको अवसर पारेर पाठशालाका विद्यार्थीहरुले दुवाकोट वरपरका बस्तीमा सचेतनामुलक र्याली समेत गरेका छन् । चित्रकला प्रतियोगीतामा कक्षा ३देखि ८ सम्मका छात्रछात्राहरु र र्यालीमा कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरु सहभागी भएका पाठशालाका प्रार्चाय दीपक विष्टले जानकारी दिएका छन् ।