श्रमको सम्मान बिना राष्ट्र समृद्ध हुँदैन : कांग्रेस नेतृ पन्त

205

भदौ २२,
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले श्रमको सम्मान बिना राष्ट्र समृद्ध नहुने बताउनु भएको छ । कुनै पनि काम साना ठुला नहुने बताउनु हुँदै श्रमको सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । हिजो नेपाल ट्रेड युनियन कांग्रेस गोरखा जिल्ला परिषद र युवारमहिला सम्मेलनलाई सम्बोधन गर्नु हुँदै यस्तो विचार राख्नु भएको हो ।

पन्तले भन्नु भयो- स्वदेशमा आवश्यक पर्ने युवाहरुको श्रम विदेशी भुमिमा प्रयोग भईरहेको छ , श्रमिकले न्युनतम पारिश्रमिक पाएका छैनन् तर पनि वर्तमान कम्युनिष्ट सरकार जताततै जनताबाट उठाएको कर विभिन्न बहानामा कार्याकर्तालाई पोसाउने काम गरिरहेको छ । नेपाली कांग्रेस गोरखा जिल्ला सभापति हरि घलेले श्रमिकको हक अधिकार दिलाउन र संगठनको गतिविधिमा सहयोग गर्ने बताउनु भयो ।
ट्रे
ड युनियन कांग्रेसका उपाध्यक्ष ललित श्रेष्ठले सरकारले हजारौं युवाहरुलाई स्वदेशमै रोजगारी दिने नारा लगाए पनि उद्योग बन्द गरि झनै बेरोजगार बनाएको आरोप लगाउनु भयो । उपमहासचिव ईश्वर परियारले रोजगारी सृजना गराउन कलकारखाना खुलाउनु पर्नेमा भएकै उद्योगहरु बन्द हुँदा हजारौं श्रमिकहरुको रोजिरोटी हराएको दुखेसो गर्नु भयो । गण्डकी प्रदेश अध्यक्ष मुररी शर्माले नेपाली कांग्रेसले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न नसकेको गुनासो गर्नु भयो । यसैगरी जिल्ला सम्मेलनले युवा अध्यक्षमा गौतम बहछौडी र महिला अध्यक्षमा गिता रानालाई चयन गरेका छन् । कार्यक्रम जिल्ला अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।