म्यानमारमा विवाह समारोह भइरहेको स्थलमा हवाई हमला हुँदा २१ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो दक्षिणी शान राज्यस्थित मोए बाय गाउँमा विवाह समारोह भइरहेको ठाउँमा बम खसाल्दा २१ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
हमलामा ३५ जना घाइते भएका छन्। यसअघि बिहीबार म्यानमारको मग्वे क्षेत्रको इन योन गाउँको एउटा विद्यालयमा पनि हवाई आक्रमण भएको थियो। उक्त हमलामा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तिमा २० जनाको मृत्यु भएको पनि बिबिसीले जनाएको छ। शनिबार साँझ पश्चिम म्यानमारको रखाइन राज्यस्थित म्राउक-यू सहरमा पनि हवाई आक्रमण भएको थियो।













