कविता प्रतियोगिता सम्पन्न

5

भक्तपुर । कविता लेखन प्रशिक्षण तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा आईतवार र सोमबार दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकारद्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण दिएका थिए । घलातेमा सम्पन्न उक्त कार्यक्रममा ५६ जना बिद्यार्थी सहभागि थिए । दोस्रो दिन भएको कविता लेखन तथा वाचन कार्यक्रममा कक्षा ५ बाट विमल मेमोरियल बिद्यापिठका सिविका भुजेल, हिमाल एकेडेमीका अन्जन अधिकारी, क्वालिटी ईङ्लिस स्कुलका राज्वी लामिछाने र सुर्योदय सेकेन्डरी स्कुलका सेलेना कर्माचार्यले क्रमशः प्रथम,द्वितिय,तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कक्षा ६ बाट क्वालिटी ईङ्लिस स्कुलका जेनिसा मगरले प्रथम स्थान हासिल गरेकी थिईन भने ग्लोबल एकेडेमीकी श्रेया वोहजुले द्वितिय, युनिटी ईङ्ग्लिस स्कुलका हिमांशु भट्टले तृतिय र सेन्ट जोन्स ईङ्ग्लिस स्कुलकी अनिसा धमलाले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिईन।

त्यसैगरी कक्षा ७ अन्तर्गत सुर्योदय सेकेन्डरी स्कुलकी छात्रा पाल्मो तामाङ्ग प्रथम, सेन्ट जोन्स ईङ्ग्लिस स्कुलकी छात्रा पूर्णिमा सुनार दोस्रो, पारिजात बिद्याकुञ्ज का छात्र सौरभ कार्की तृतिय र क्वालिटी ईङ्ग्लिस स्कुलका छात्र अभिषेक दुलाल सन्त्वना पुरस्कारबाट पुरस्कृत हुन सफल भएका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्काले पुरस्कृत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै साहित्यिक लेख रचनाको सृजनात्मक क्षमताले विद्यार्थीहरुको सिकाइमा सकारात्मकता ल्याउनुका साथै साहित्यिक क्षेत्रको बृद्दि र विकासमा योगदान पुग्ने बताए । संस्थाका सचिव बिक्रम थापाले संचालन गरेको कार्यक्रममा संस्थाका सम्पुर्ण संस्थापक प्रिन्सिपलको उपस्थिति रहेको थियो ।