Monday, September 28, 2026
Home अर्थ नेपाल टेलिकममा ‘एन्टी सेवा’ उपलब्ध

नेपाल टेलिकममा ‘एन्टी सेवा’ उपलब्ध

89

असार १५,
काठमाडौँ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी सूचनाको संसार ९एन्टी० सेवा उपलब्ध गराएको छ । यो एक प्रकारको कल(इन सिस्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।

नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ ।

सार्वजनिक सेवाका लागि आवश्यक यससम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् ।विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले सेवाबाट कुनै पनि उमेर समूहका साक्षर तथा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । सुविधा ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको छ ।