भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा न. ६ फेदिमा मुख्य कार्यकालय रहेको यस संस्थाको आइतबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाबाट संस्थाको उपाध्यक्षमा आश्विन गिरी, सचिवमा राम कुमार नेपाल, कोषाध्यक्षमा करुणा राउत क्षेत्री सर्वसम्मत चयन रुपमा हुनु भएको हो ।
संचालक समिति सदस्यहरुमा रुपा गजुरेल लामिछाने, रमेश तामाङ्ग, सुवास खत्री, दुर्गा थापा लामिछाने, दिनेश लामिछाने निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा राजेश्वर लामिछाने, समितिको सदस्यमा प्रदिप अधिकारी र राजाराम गिरी चयन हुनु भएको हो ।
संस्थाको आर्थिक प्रगति प्रतिवेदन
क) शेयर पूँजी
आ.व २०८१/८२ मा रु ९,८१,४९,२००। शेयर पूँजी रहेकोमा आ.व २०८२०८३ मा ९२,६८,४००। थप भई रु १०,७४,१७,६००। शेयर पूँजी रहेको छ ।
ख) बचत
आ.व २०८१/०८२ मा १,३५,९७,१४,०८२। वचत रहेकोमा आ.व २०८२।०८३ मा रु १९,४१,५७,२११। थप भई रु १,५५,३८,७१,२९३। वचत रकम पुगेको छ ।
ग) ऋण लगानी
आ.व २०८१।०८२ मा लगानीमा रहेका ऋण रु १,३०,२५,५२,३९८। रहेकोमा यस आ.व मा ऋण लगानी रु १३,२१,७१,४४८। थप भई आ.व २०८२।०८३ मा लगानीमा रहेको ऋण रु १,४३,४७,२३,८४६। रहेको जानकारी २८ औं वार्षिक साधारणसभामा दिइएको छ ।
घ) वाह्य ऋण
आ.व २०८१/०८२ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा रु ११,२५,०००। भुक्तानी गर्न वाँकि वाह्य ऋण रहेकोमा यस वर्ष रु ७,५०,०००। भुक्तानी गरेको र भुक्तानी गर्न वाँकि ऋण रु ३,७५,००० रहेको छ ।
२८ वर्ष अगाडी स्थापना भएको यस संस्थामा हालसम्म ७ हजार ८० जना सदस्य रहेका छन् ।














