Friday, November 13, 2026
Home अर्थ एकै दिन सुनको मूल्य प्रतितोला ११ हजार घट्यो

एकै दिन सुनको मूल्य प्रतितोला ११ हजार घट्यो

4

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ ।
यस्तै, प्रति १० ग्राम सुनको मूल्यमा पनि ९ हजार ६८५ रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक २२ गते १० ग्राम सुन २ लाख ४२ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँमा झरेको महासंघले जनाएको छ । तिहारअघिको कारोबार दिन (कात्तिक २२ गते) सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।