एनटिसिको १५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न सुविधाहरु सार्वजनिक

135

माघ २२,
काठमाडौं ; सरकारी स्वामित्वको दुरसञ्‍चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले संस्थाको १५ औँ वार्षिक उत्सवमा छुटका योजना सार्वजनिक गरेको छ। भ्वाइस प्याकेजमा छुटदेखि बक्यौता तिर्दा जरिवना नलाग्‍नेसम्मका योजना मंगलबार सार्वजनिक गरेको हो। २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मशान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था गरिएको छ। माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ। पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३।३ जिबी डाटा र पाँच सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै २२ माघ देखि ८ फागुनसम्म रजिस्टर हुने पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिबी अलटाइम डाटा र १०० मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा गरेको छ। टुरिस्ट प्याकेजअन्तर्गत पाँच सय रुपैयाँमा पाँच जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ। एनटिसीले १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ। २२ माघदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने व्यवस्था गरिएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराज अधिकारीले बताए। टेलिकमले दुरसञ्चार क्षेत्रमा समाचार लेख्ने दुई पत्रकार कारोबार दैनिककी सरस्वती ढकाल र द हिमालयन टाइम्सका सुजन ढुंगनालाई ४० हजार नगदसहित सम्मान गरेको छ।-थाहाखबर