सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु ११ जना घाइते

235
सांकेतिक तस्विर

असार १५,
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएपनि यो समाचार तयार पार्दासम्म उनको सनाखत हुन सकेको छैन ।