Wednesday, November 18, 2026
Home अर्थ सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

1

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ४९० रुपैयाँ रहेको थियो । मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।