घट्ट चलाएर मासिक २० हजार कमाई

343

चैत ५,
काभ्रे, (च्यासिङ्गखर्क) । रोजगारीको लागि युवाहरु गाउँबाट शहर पस्ने र शहरबाट विदेश जाने क्रम बढिरहेको छ ।
तर चलाल गणेश स्थान वडा नं. ४ सुकुमान तामाङ्ग भने घर भन्दा पारी च्यासिङ्गखर्क गाविस वडा नं. २ मा पानीघट्ट चलाएर राम्रै आय आर्जन गरी रहेका छन् ।
चलाल गणेश स्थान र च्यासिङ्गखर्क गाविसको सिमाना भएर बग्ने लट्कु खोला उनी १२ महिना नै पानीबाट चल्ने घट्ट चलाउदै आएका छन् ।
उमेर ५४ वर्ष भएका उनलाई परदेश वा शहर गएर भारी बोक्नु भन्दा आफ्नै जन्म थलोमा घट्ट चलाएर सबैको सेवा गर्दा आनन्द लाग्ने बताए ।
हिउँदमा समेत खोलामा प्रर्याप्त पानी बग्ने हुदाँ सुकुमानलाई अहिले सम्म काम गर्न लाई खासै समस्या पनि छैन् ।
दैनिक विहान ६ बजे देखि बेलुका ७ बजे सम्म उनीले प्राय काम गर्ने गरेको हामीलाई बताए । उनको पित पनि घट्ट चलाउने काम गर्दै आएको र सुुकुमानको यो दैनिकी २०५९ साल देखि निरन्तर जारी छ ।
उनको ठाउँ वरपर मिसानी मिल भए पनि स्थानीयहरु पानी घट्टमै पिधेको पिठो मिठो भनेर आउने गर्दछन् ।
घरमा श्रीमती, छोरी, ज्वाई र नातिनी छन् म यता काम गर्छु, कहिले काहि भने खेतीको सिजनमा समय मिलाएर जान्छु नत्र सधै यतै हो । ‘म खाना खान जादाँ समेत घट्ट चलिरहको हुन्छ करीब २० मिनेट खान खान लाग्छ त्यसपछि निरन्तर काममा नै हुन्छु’ उनले बताए ।
दैनिक ५ देखि ७ मुरी सम्म अन्न पिध्ने गरेका सुकुमान ज्याला भने भारी हेरेर अनी ल्याउने मानिसको बिश्वासको आधारमा लिने गरेको बताउछन् ।
‘८ पाथी सम्म अन्न ज्यालाको हुने गरेको छ, त्यो भनेको करीब ७ सय रुपैया सम्म हो,’ सुकुमानले भने । दैनिक १३ घण्टामा नियमित काम गर्दा सुकुमान करीब २० हजार रुपैयाँ सम्म मानिक आयआर्जन हुने गरको बताँउछन् ।
कहिले काही सन्चो भएन र घट्ट जान ढिला भयो भने स्थानियहरु घरमै बलाउन आउछन् उनलाई ।
‘मैले पिठो मिधेर नपठाए सम्म कति धेरै मासिर चौपाय भोकै हुन्छन् त्यसैले म कहिले पनि काम गर्न अल्छी गर्दिन्’ उनले रातोपाटीलाई भने ।
उनको घट्टलाई सुधारीएको बनाउन जिल्ला घट्ट संघले केही प्राविधिक सहयोग समेत गरेको छ ।