नेपाल सरकारलाई झण्डै १५ खर्ब ऋण

410

माघ १३,
काठमाडौं । सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै गएको छ । अर्थ मन्त्रालयलका अनुसार सरकारलाई अहिले १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ ऋण छ । यो रकम साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गत साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्ष ९ २०७७र७८० को मंसिरसम्म सरकारको थाप्लोमा परेको सो ऋणमा वैदेशिक ऋण मात्र ८ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यस्तै ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको मासिक तथ्यांकले देखाउँछ । सरकारले आन्तरिक ऋणको १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ भने बाह्य ऋण तर्फको साँवा र ब्याज गरेर ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारलाई लाग्ने ऋण भनेको प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । नेपालको जनसंख्या ३ करोड २ लाख २३ हजार सात सय ९८ जनालाई आधार मान्दा एक नेपालीको भागमा ४६ हजार ३ सय ५१ रुपैयाँ ४० पैसा ऋण पर्छ ।