छोराले कुटेर बाबुको मृत्यु

378

चैत ५,
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमीको छोरोको कुटाईबाट बाबुको मृत्यु भएको छ ।
शुक्रबार राती ९ः ३० बजेको समयमा घरयासी विवाद हुदाँ छोराको कुटाईपछि घाइते भइ उपचार गर्ने क्रममा भक्तपुर मध्यपुर ठिमी नगर पालिका वडा नं. ८ पुरानो ठिमीका ६३ वर्षिय श्रीकृष्ण प्रजापतिको मृत्यु भएको हो ।
आफ्नै घरमा घरायसी प्रजापतिलाई निजको छोरा बर्ष ३५ को कृष्णन कुमार प्रजापतिले कुटपिट गरी घाईते भई सुरुमा उपचारका लागी कोरियन अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
घाईतेको टाउकोमा गम्भीर चोटका कारण थप उपचारका लागी बिर अस्पताल ट्रामा सेन्टर रिफर गरेकोमा उपचार गर्ने क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
छोरा बर्ष ३५ को कृष्णर प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन् । थप अनुसन्धान कार्य जारी रहेको महानगरिय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरिक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
यसैगरि भक्तपुर आदर्श चोक स्थित ट्रपिकल प्याराडाईज रेष्टुरेन्टबाट तीन जोडीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटि गएको प्रहरी टोलीले उक्त रेष्टुतरेन्टमा चेकजाँच गर्दा रेष्टुेरेन्टको माथिल्लो तलाको ३ वटा कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा (३ जोडी) ३ महिला ३ पुरुष पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।