काङ्ग्रेसका नेताले भाईलाई मारे

149

असोज २६, काठमाडौ । रोल्पाका पुराना काँग्रेस नेता पूर्णबहादुर बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीया बुढा आफ्नै घरमा सोमबार बिहान करिब ११ बजेको समयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि स्थानीयले ढोका खोलेर हेर्दा उनलाई त्यस्तो अवस्थामा फेला पारेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतकका आफ्नै कान्छा भाइ अमरराज बुढाले हत्या गरेको खुल्न आएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका हुन् ।