विभिन्न स्थानमा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु

असोज २७, काठमाडौ । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।