मुगुमा बस दुर्घटना २४ जनाको मृत्यु

62
सांकेतिक तस्विर

असोज २६,मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । स्रोत: रातोपाटी