प्रहरी र स्थानीयबीच झडप

63

असोज ३०, काठमाडौं । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ। झडपमा प्रहरी सहायक निरीक्षक (असई)सहित ७ जना प्रहरी घाइते भएका छन्।

शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

रुकुमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार घाइते प्रहरी सहायक निरीक्षक बोहरा र हवल्दार कालीबहादुर बोहरालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।