एमाले युवा नेता बास्तोलाले दिए काङ्ग्रेसका मन्त्रीलाई चुनौती

636

कार्तिक २०, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा चागुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नेपाली काङ्ग्रेसका नेतालाई चुनौती दिएका छन् । काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य तथा हालै मात्रै बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेललाई बास्तोलाले सामाजिक संजाल मार्फत चुनौती दिएका हुन् । भडेलले एक कार्यक्रम दिएको अभिव्यक्त विरुद्ध चुनौती दिदै बास्तोलाले लेखेका छन् : हेक्का हाेस् नेकपा एमाले २०५४ सालकाे निर्वाचन पश्चात् आफ्नाे गाउँ आफै बनाउ, बृद्ध भत्ता, नाै स अभियान लगाय विभिन्न अभियान अगाडि बढाएकाे लाेकपृय कम्युनिस्ट सरकार थियाे,तेसैकाे निरन्तरता केपि वाेलिकाे सरकार थियाे,देशि बिदेशी चलखेल र प्रतिकृयावादिहरुकाे उक्साहटमा कम्युनिस्ट सरकार परमादेशकाे कारण अल्पमतमा रह्याे सरकार बाहिर बसि जिम्मेवार प्रतिपक्षी भुमिका निर्वाह गर्दै छ।

यसै बिचमा चाँगुनारायण नगरपालिका प्रदेश क्षेत्र रहेका नेपाली काङ्ग्रेस का नेता बागमती प्रदेश सांसद माननीय भाैतिक पुर्वाधार बिकास मन्त्री कृष्णलाल भडेलले एक कार्यक्रममा बिगत ८ वर्ष देखि नगरकाेटकाे बाटाे न बन्नुमा ठेकेदार शारदा प्रसाद अधिकारीको हवाला दिदै नेकपा एमालेले अबरुद्ध गरेका कारणले बाटाे निर्माणमा ढिलाई भएकाे सार्वजनिक मञ्चमा भाषण गर्नु भएछ।

मन्त्री जस्ताे जिम्मेवार पदमा रहेर यस्ताे गैर जिम्मेवार अभिब्य दिदा साेच्नु पर्ने हैनर? मन्त्री न हुदा यसै क्षत्रकाे सांसद हुंदा पहल नगर्ने, संसद्मा कांग्रेसकै संसदिय दलकाे उप नेता समेत हुदा कुनै दिन यस बिषएमा आवाज नउठाउने, मत्लब नगर्ने अहिले मन्त्री भैसकेपछी के-के न गरें भनेर भ्रम छर्दै हुनुहुन्छ।राजनितीका लागि राजनिती गर्दै हुनुहुन्छ।

दुख पाउने हामी नगरकाेट बासी, धुलाे- हिलाे झेल्ने यहाँका जनाता अहिले गैरजिम्मेवार पुर्ण अभिव्यक्ति दिदै हुनुहुन्छ त्याे पनि नेकपा एमाले जस्ताे देश भर बिकासकाे मुल फुटाउने पार्टीलाई लाल्छना लगाउदै हुनु हुन्छ। चाँगुनारायण बाट पहिलाे मन्त्री बन्नु भयाे समग्र चाँगुनारायण बिकासमा फरक आस्था र फरक बिचार राख्ने पार्टी र ब्यक्ति संग सहकार्य गरि बिकासकाे मुल फुटाउनु हाेला भन्ठानेकाे त, पदिय हैस्यत भन्दा तल झरेर मात्र कपाेकल्पित र भ्रामक अभिव्यक्ति दिदै हिड्नु हुँदै छ। बेलैमा सचेत भएर बिकासमा हातेमालाे गराै। गफ हैन काम गराै नेकपा एमाले हातेमालाे गर्न तयार छ।
हैन भने यस्ता गैर जिम्मेवार अभिव्यक्ति दिन बन्द गर्नुस्। समग्र बागमती प्रदेशको बिकासमा काेसेढुङ्गा बन्न पाइला चाल्नुहाेस्, साथ रहने छ। नत्र बिना प्रमाण अफवाह फैलाएर भ्रम छर्ने काम बन्द गर्न नेकपा एमाले चाँगुनारायण नगर कमिटी अनुराेध गर्दछ। हामी बिकासमा एक्यवद्धता र फरक बिचारमा प्रतिस्पर्धा गर्न तयार छाै। अभिव्यक्ति प्रवाह गर्दा बिचार पुर्याउन आग्रह गर्दछाै। अन्यथा नेकपा एमाले कडा कदम चाल्न, निसेधकाे राजनितीमा उत्रन बाध्य हुने छ, चेतना भया।