भक्तपुर । नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन भक्तपुरको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार भक्तपुर पलासेँस्थित काठमाडौं फन भ्यालीमा आयोजित नयाँ वर्ष २०८२ तथा विस्का जात्राको अवसरमा शुभकामना आदनप्रदान तथा हालै केन्द्रिय समितिमा निर्वाचितहरुलाई बधाई ज्ञापन कार्यक्रम भएको प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा,...
भक्तपुर । इष्ट प्वाइन्ट एकेडेमी स्कुलको पुरस्कार वितरण र दिक्षान्त समारोह सम्पन्न भएको छ । आइतबार एक विशेष कार्याक्रमका बीच विद्यार्थीहरुलाई पुरस्कार वितरण र दिक्षित गरिएको विद्यालयका प्रीसिन्पल रमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यालयको आन्तरिक परिक्षामा बिजेता भएका र वार्षीक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्ममान र पुरस्कार वितरण गरिएको हो, विद्यालयका प्रीसिन्पल श्रेष्ठले जानकारी दिनुभयो । यस्ता कार्यक्रममले...
गोरखा । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भएको छ । डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न आएका बेलायती नागरिक थोम्पसन इयानको चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएको हो ।पैदलयात्रामा रहेका उनी अचानक ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
आइतबार बिहान १० बजे ढलेकै स्थानमा उहाँको मृत्यु भएको रहेछ,’ उनले भने,...
काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ ।विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान पुनः सुरू भएको छ। फागुन १२ गतेदेखि सुरू भएको जागरण अभियान बीचमा दुई पटक स्थगित गरिएको थियो। बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेबाट पुनःअभियान सुरू गरेका हुन्। अभियान नवलपरासीबाट सुरू गर्ने भनिएको थियो। यद्यपि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले जागरण अभियान पनि बाँकेबाटै सुरू...
काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ ।
पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो ।आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई)...
काठमाडौं । कोशी प्रदेश र मधेश प्रदेशं लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक...
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि राधेरोधमा लगाइने श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ को तयारी पूरा भएको छ । महायज्ञ मूल समारोह समितिका संयोजक गोपीकृष्ण न्यौपानेका अनुसार महायज्ञ आयोजना २०८१ चैत्र २१ देखि चैत्र २७ गतेसम्म संचालन हुनेछ । महायज्ञ स्थल मध्यपुर थिमीको वडा नं ५, राधेराधे यातायात कार्यालयसंगै रहेको छ ।मानव कल्याण समाजकी संस्थापक अध्यक्ष तथा कथा वाचिका...
काठमाडौँ । आजदेखि काठमाडौँमा देशभरका शिक्षकहरूले शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए।
...
-विदुरप्रसाद तिमिल्सिनाप्रिया !
एक अँजुली मुस्कान
एक भूगोल सुवास
सुवासित बनेर छर्न
सुन्दर भविष्य कल्पदै
आएको छु तिम्रो समीप ।हिमशृङ्खलालाई नमन गर्दै
तराईका उर्वरा फाँट
हरिया पहाड काँधमा बोकी
मनभरि शान्तिको सगुन लिएर
समृद्ध नेपालको सपनामा
मदहोसी वसन्त पर्खेर
उन्नत नेपालको बिजन
तिम्रो गर्भमा रोपौँला
अनि कसो नजन्मेला
मदकर नेपालको भविष्य !आक्रमणको निम्ता दिने
पराईका मोहमा पोषित
पराईकै भाला बोकेर
नेपाल आमाको छातीमा
रोपेर विषवृक्ष फैलाउनेलाई
पछारेर कटाऔँला जङ्गे पिलर
ठड्यौँला मानवताको धरोहर
कोरौँला हाम्रै मसीले
नेपाल आमाको...










