Friday, September 18, 2026
Home समाचार घुम्न आएका बेलायती नागरिकको मृत्यु

घुम्न आएका बेलायती नागरिकको मृत्यु

43

गोरखा । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भएको छ । डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न आएका बेलायती नागरिक थोम्पसन इयानको चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएको हो ।

पैदलयात्रामा रहेका उनी अचानक ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
आइतबार बिहान १० बजे ढलेकै स्थानमा उहाँको मृत्यु भएको रहेछ,’ उनले भने, ‘घटनास्थलमा हेलिकप्टरबाट प्रहरी पठाउने तयारी गरेका थियौं, मौसम प्रतिकूलताका कारण उडान हुन सकेन ।’ सामागाउँ प्रहरी चौकीबाट घटनास्थल पुग्न झन्डै ६ घण्टा लाग्छ । मौसम अनुकूल भएपछि सोमबार प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने उनले बताए ।