Friday, September 18, 2026
Home राजनीति माओवादीको जागरण अभियान पुनः सुरू भयो

माओवादीको जागरण अभियान पुनः सुरू भयो

63

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान पुनः सुरू भएको छ। फागुन १२ गतेदेखि सुरू भएको जागरण अभियान बीचमा दुई पटक स्थगित गरिएको थियो। बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेबाट पुनःअभियान सुरू गरेका हुन्। अभियान नवलपरासीबाट सुरू गर्ने भनिएको थियो। यद्यपि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले जागरण अभियान पनि बाँकेबाटै सुरू हुने बताएका हुन्।

अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो। त्यसपछि चैत ६ गते पुनः सुरू भएको जागरण अभियान चैत ११ गते स्थगित भएको थियो। अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ।