भक्तपुर । इष्ट प्वाइन्ट एकेडेमी स्कुलको पुरस्कार वितरण र दिक्षान्त समारोह सम्पन्न भएको छ । आइतबार एक विशेष कार्याक्रमका बीच विद्यार्थीहरुलाई पुरस्कार वितरण र दिक्षित गरिएको विद्यालयका प्रीसिन्पल रमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यालयको आन्तरिक परिक्षामा बिजेता भएका र वार्षीक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्ममान र पुरस्कार वितरण गरिएको हो, विद्यालयका प्रीसिन्पल श्रेष्ठले जानकारी दिनुभयो । यस्ता कार्यक्रममले विद्यार्थी भाइबहिनीहरुलाई हौसला प्रदान हुने र खेलकुदले पढाईसंगै अनुशान सिकाउने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा भक्तपुर नगर प्याब्सनका अध्यक्ष शिवकुमार कोजु, सिवर्ड कलेज निर्देशक सोम कृष्ण प्रजापति, विद्यालयका सहायक प्रीसिन्पल अमृत फुयाँललगायतले रचानात्मक कृयाकलापले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा इष्ट प्वाइन्ट स्कुलका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
तस्विरमा हेरौं