Monday, September 28, 2026
Home राजनीति अर्थतन्त्रबारे ओली : धान खाने मुसो चोट पाउने भ्यागुतो

अर्थतन्त्रबारे ओली : धान खाने मुसो चोट पाउने भ्यागुतो

145

चैत २६,

काठमाडौं : देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रमक रूपमा प्रस्तुत भएका छन्। ओली नेतृत्वको सरकारले नियुक्त गरेको गभर्नर अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई कटाक्ष गर्दै ओलीले भने, ‘हिजो मात्रै हामीले देख्यौँ। थुनुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको मुसालाई कारबाही गर्यो। धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान खायो। गभर्नर अधिकारीले देशको अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गठबन्धनको सरकारले हटाएको टिप्पणी गरे। अर्थतन्त्रबारे छानविन गर्नका लागि माओवादी केन्द्र निकट न्यायाधीशको नेतृत्वमा समिति बनाएको आरोप लगाए। केही दिनअघि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सार्वजनिक कार्यक्रममै देशको अर्थतन्त्रबारे आरोप प्रत्यारोप भएको थियो।