यौन दुर्व्यवहार गरेका शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता

44

चैत २५,

हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहार गरेका शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ।विद्यालयमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहारगरेका ३ जना शिक्षकविरुद्ध अभिभावकहरूले जाहेरी दिएका हुन्। जाहेरी परेसँगै शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भइरहेको निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत करिब ७५ जना छात्रालाई विद्यालयका शिक्षक लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकले गलत नियतले छुने गरेको आरोप लगाउँदै छात्राहरूले मंगलबार विद्यालयमा तोडफोड तथा तालाबन्दीसमेत गरेका थिए।उनीहरूले वर्षौंदेखि शिक्षकहरूले आफूहरूलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको आरोप लगाएका छन्।