नेपाल टेलिकमले कमायो ७ अर्ब ३३ करोड मुनाफा

37

चैत २४,
काठमाडौं : नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित उक्त कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले उक्त रकम खुद नाफा आर्जन गरेको जानकारी दिए।

अध्यक्ष अर्यालले भने‚ ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ।’उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको बताए। कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको प्रष्टीकरण दिए।