बैशाख १०,जनकपुरधाम : मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पदबाट राजीनामा दिन लागेका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन उनले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन्। एकीकृत समाजवादीले सिरहा नगरपालिकाको नगरप्रमुखका लागि उनको एकल नाम सिफारिस गरेपछि उनी उक्त पदमा लड्न राजी भएका हुन्। यादवले आजै राजीनामा बुझाउन लागेको बताएका छन्।...
बैशाख १०,भक्तपुर : पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेकाले प्रमुख श्रेष्ठसहित शुक्रवार ९ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं. ५ का...
बैशाख १०,काठमाडौं : निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ। अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता...
काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा न. २ का वडा अध्यक्ष केशव प्रसाद तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । फेरि वडामा अध्यक्ष उठ्ने मनशायका साथ उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित थिए ।
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदन सुन्दर श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित भएका थिए ।
श्रेष्ठले शुक्रबार नगरपालिकाकि उपप्रमुख अन्जनादेबी मधिकर्मिलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
बैशाख ९,काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा राखिएको एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष...
बैशाख ९,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको छ। तीनदिने भ्रमणमा आएका महानिर्देशक डा. टेड्रोसले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री...
बैशाख ९,काठमाडौं :आसन्न स्थानीय तह निर्वाचन २०७९ मा १० हजार भन्दा बढी पर्यवेक्षकहरुले पर्यवेक्षण गर्ने भएका छन्। निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षण अनुमति दिएको छ।
नियोग, निर्वाचन पर्यवेक्षण मञ्च, मतदाता अधिकार मञ्चलगायतका संस्थाले पर्यवेक्षणका अनुमति पाएका आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए।
उनका अनुसार हालसम्म ६५ संस्थाले आवेदन दिएकामा ४४ वटाले मात्रै...
बैशाख ९,रामेछाप : रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत विहीबार जुनार बीमा गरिएको हो। परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुराना गाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरी किसानको बगैँचामा पुगेर बीमा लेख हस्तान्तरण गरेको हो। बीमा गर्नु अघि जुनारको...
बैशाख ९,जनकपुर : निर्वाचन आयोगले मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ। मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले स्थानीय तह निर्वाचनमा मधेसका अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरूपको...










