Wednesday, October 14, 2026
Home राजनीति एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्‍यो

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्‍यो

182

बैशाख ९,

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा राखिएको एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।
आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आ-आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए।