Wednesday, September 23, 2026
Home कृषि रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा

रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा

125

बैशाख ९,

रामेछाप : रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत विहीबार जुनार बीमा गरिएको हो। परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुराना गाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरी किसानको बगैँचामा पुगेर बीमा लेख हस्तान्तरण गरेको हो। बीमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरेले जानकारी दिए। उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था भएको बताए। बीमा मार्फत आगलागी, चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधीबेहरी, असिना, हिउँ, तुषारो, आकस्मिक वाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमई जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए। उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सीमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए।