Thursday, July 16, 2026
Home Blog Page 953
भक्तपुर । तीन दलबीच भक्तपुरमा सहमति भएको छ । जिल्लाका चार मध्य तीन नगरपालिकाका गठबन्धनका दलबीच सहमति भएको छ । जस अनुसार भक्तपुर नगरपालिकाको प्रमुख पद नेपाली कांग्रेस उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी)लाई दिइएको छ । बागमती प्रदेश स्तरीय गठबन्धनको बैठक नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले मध्यपुर थिमि नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा...
बैशाख ११, काठमाडौं : माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ जापानबाट समेत १९ जना नेपाली विद्यार्थी सहभागी छन्। जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन्। सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ। उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो। त्यहाँका...
बैशाख ११,काभ्रे : नेकपा (एमाले) काभ्रेले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले काभ्रेले १३ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो। एमालेले धुलिखेल नगरपालिकाको मेयरमा अशोककुमार व्यञ्जु र उप-मेयरमा लालतारा अधिकारी, पनौतीको मेयरमा भीम न्यौपाने र उप-मेयरमा गीता बञ्जारा, बनेपाको मेयरमा रत्नकुश रञ्जितकार र उप-मेयरमा विमला सापकोटा...
बैशाख ११, काठमाडौ । पाँचदलबीच काभ्रेपलान्चोक जिल्लामा गठबन्धन गर्ने सहमति कायम भएको छ । गठबन्धनमा भएको सहमति अनुसार नेपाली काग्रेसलाई ४ नगरपालिका र ३ गाउँपालिका भागमा परेको छ । जसमा बनेपा नगरपालिका, पनाैती, नमाेबुद्व, पाँचखाल नगरपालिका रहेको छ । तेमाल, राेशी र बेथानचाेक गाउँपालिका काङ्ग्रेसलाई परेको हो । नेकपा एकिकृमाजवादी समाजवादीलाई धुलिखेल र मण्डन देउपुर नगरपालिका भागमा...
बैशाख ११,काठमाडौं : कन्नड फिल्म 'केजिएफ च्याप्टर २' र नेपाली फिल्म 'ए मेरो हजुर ४' दोस्रो हप्तामा प्रवेश गरेका छन्। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएका दुवै फिल्म बिहिबारदेखि दोस्रो हप्तामा प्रवेश गरेका हुन्। झरना थापाको निर्देशनमा बनेको फिल्मले दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा आफ्नो लगानी सुरक्षित गरिसकेको छ। निर्माण टोलीका अनुसार फिल्मले तीन करोडमाथिको कारोबार गरिसकेको छ...
बैशाख ११,हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा आइतबार ७ जनाले उम्मेदवारी दिएका हुन्। उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनको अनुसार हेटौंडाको मेयरमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोद्यकुमार...
बैशाख ११,काठमाडौं : अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ। बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन।‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा...
बैशाख ११,मकवानपुर : काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।
बैशाख ११, काठमाडौं : स्थानीय तह निर्वाचनका लागि तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल हुने भएको छ। तालमेल मिलाउन गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर विवाद रहेका स्थानीय तहमा भागवण्डा मिलाउने अन्तिम प्रयास गर्न लागेको हो। अहिले केहीबेरमा बालुवाटारमा बस्ने बैठकले भागवण्डा नमिलेका स्थानीय तहमा मिलाउने प्रयास गर्ने र नमिले मित्रवत् प्रतिस्पर्धाको निर्णय गर्ने...
भक्तपुर । सुर्यबिनायक नगरपालिकाको नगरप्रमुख पदबाट बासुदेब थापाले राजीनामा दिएका छन् । आइतबार नगर उपप्रमुख जुना बस्नेत समक्ष थापाले राजीनामा दिएका हुन् । उनी पुन नगरप्रमुख उठने तयारी छन् । उनी संगै उपप्रमुख बस्नेतले पनि राजीनामा दिएकी छिन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा नेकपा एमाले बाट निर्वाचित भएका थिए । एमालेले हालसम्म भक्तपुरको कुनैपनि नगरपालिकामा वडा...