समाचार
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानजोशीलाई निलम्बन गरेको छका उपकुलपति
बैशाख १४,हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन्।छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको...
बैशाख १४,काठमाडौं : स्थानीय तह निर्वाचनमा ७० भन्दा बढी पत्रकार उम्मेदवार बनेका छन्। अहिले विवरण संकलन तथा अनुगमनको काम भइरहेकाले उम्मेदवारी दिने पत्रकारको संख्या १०० पुग्नसक्ने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। महासंघले जारी गरेको निर्देशनअनुसार कतिपयले पदबाट राजीनामा दिएर उम्मेदवार बनेको महासंघले जनाएको छ। राजीनामा नदिनेहरू स्वतः निलम्बनमा परेको महासचिव पुरीले बताए। उनका अनुसार महासंघका...
भक्तपुर, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा बा.४ ख ८५८१ नम्बरको टिपर र बा. प्र ०२-०२३ प ७७६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा...
बैशाख १३,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गाली गलौजको पुलिन्दा भएको बताएका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गाली गलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्। कांग्रेसले चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको...
बैशाख १३,भोजपुर : षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ। गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपट शुरु भएको हो। गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन्। वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार...
बैशाख १२,
काठमाडौं : गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति...
बैशाख १२
भक्तपुर : मध्यपुर थिमी नगरपालिका–५ कमेरोटारस्थित ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको स्यानिटरी गोदाममा आगलागी भएको हो ।राति शुरु भएको आगो जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत्त थिमीका नायब उपरीक्षक हरिनन्दन चौधरीले गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामान जलेर...
बैशाख १२,काठमाडौं : सत्तारूढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। देशैभरि...
बैशाख १२,काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयनको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० र दोस्रो दिन १० बजेसम्म १३ हजार बढीले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोग कार्यालयले जनाएको छ। सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई...
-जानु काम्बांग लिम्बुसन् २०२२/०४/०५
स्थानः काठमाडौँ त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल-खोई कसरी गरौँ म माइतीघरको बयान ? जहाँ बा–आमा, त्यहाँ स्वर्ग हो मेरो लागि, महाभारतमा अर्जुन इन्द्रद्वारा दिब्य सक्त्ति प्राप्त गर्न स्वर्ग पुगे जस्तै म पनि आमाको आशिर्बाद लिन पुरै चार वर्ष पछि नेपाल आएकी थिएँ । झापाको गर्मी पनि आमाको छहारीमा कति सितल लाग्यो । तर आमाको छेउमा बसेर स्वर्गको...









