Tuesday, October 27, 2026
Home राजनीति काभ्रेमा एमालेले टुंग्यायो उम्मेदवार

काभ्रेमा एमालेले टुंग्यायो उम्मेदवार

215

बैशाख ११,

काभ्रे : नेकपा (एमाले) काभ्रेले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले काभ्रेले १३ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो। एमालेले धुलिखेल नगरपालिकाको मेयरमा अशोककुमार व्यञ्जु र उप-मेयरमा लालतारा अधिकारी, पनौतीको मेयरमा भीम न्यौपाने र उप-मेयरमा गीता बञ्जारा, बनेपाको मेयरमा रत्नकुश रञ्जितकार र उप-मेयरमा विमला सापकोटा लाई अगाडि सारेको छ। मण्डन देउपुरको मेयरमा विदुर सापकोटा र उप-मेयरमा सरिता ढकाल, पाँचखालको मेयरमा कञ्चन अधिकारी र उप-मेयरमा सूर्यमाया दनुवार र नमोबुद्धको मेयरमा राजन भुर्तेल र उप-मेयरमा सम्झना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै चौरीदेउरालीको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेल, भुम्लुको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, बेथानचोकको कमल तिमिल्सना र उपाध्यक्षमा सरला लामिछाने, तेमालको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा र रोशीको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा रहेका छन्। जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाको अध्यक्षमा सेखर लामा र उपाध्यक्षा रुक्मनी गुरुङ, महाभारतको अध्यक्षमा पुर्णबहादुर वाईबा र उपाध्यक्षमा शान्ती तितुङलाई अगाडि बढाउने भएको छ।

एमालेले जिल्लाको १३ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखसगै १५३ वटाको उम्मेदवार उम्मेदवार टुंगो लागए पनि उम्मेदवारी दर्ता भने सोमबार मात्रै गर्ने जनाएको छ।सत्तारुढ गठबन्धनले भने संख्या भागवण्डाको किचालो टुंग्याउन नसक्दा केही स्थानीय तहको बाहेक उम्मेदवार सार्वजानिक गर्न सकेको छैन। गठबन्धन दल मनोयनको दिनमा समेत संख्या भागबण्डामा गिजोलिरहेको हो।