Wednesday, July 15, 2026
Home Blog Page 948
भक्तपुर । नेकपा एमालेको तर्फबाट सुर्यबिनायक नगरपालिका वडा न. ५ वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशीले नेपाली काङ्ग्रेसले झुटो आरोप लगाउदै आक्रमण गरेको बताए ।नेकपा एमाले सबैखाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध छ । निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउँन प्रतिबद्ध छ । जोशीले भने" हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार...
भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीका अध्यक्ष मदन धौलाले नेमकिपाकाले सफाइ मजदुर संग चन्दा उठाएको आरोप लगाएका छन् । पार्टीले दत्रातयमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने" सफाई मजदुरसंग प्रती व्यक्ति २८ सय रुपैया भन्दा धेरै चन्दा उठाएको छ ।"नेमकिपाकालाई भोट नदिए मजदुरलाई भक्तपुर नगरपालिकाको जागीरबाट हटाउने चेतावनी दिएको समेत उनले आरोप आरोप लगाए ।...
रुकुम (पूर्व) : रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुनः झडप भएको छ। मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएपछि पनि दुई पार्टी बीच पुनः झडप भएको हो। सोमबार अबेर फेरि जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओबादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो। झडपका क्रममा माओबादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रचारप्रसारमा प्रयोग...
बैशाख २७,सल्यान : भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कुमाख गाउँपालिका ४ स्याला स्थित भेरी नदी किनारमा अन्दाजी २४ वर्षीय पुरुषको सोमबार साँझ शव फेला परेको हो। मृत्तक जाजरकोट भेरी नगरपालिका मैदी घर भई हाल रुकुम आठबिसकोट नगरपालिका ११ चिसापानी बस्नै विर्खे कामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। वैशाख २१ गते जाजरकोट...
बैशाख २७,काठमाडौं : विभिन्न पेशा व्यवसाय गरी काठमाडौंमा बसोबास गरिरहेकाहरु स्थानीय तहको चुनावमा भोट हाल्न गाउँ जाने क्रम बढेका छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीकाअनुसार पछिल्लो पाँच दिनमा विभिन्न नाका हुँदै ३ लाख बढी नागरिक काठमाडौंबाट बाहिरिएका छन्। जोशीले भने,‘यकिन तथ्याङ्क अहिले हामीसँग छैन, पछिल्लो पाँच दिनमा ३ लाख हाराहारीले काठमाडौं छाडेको अनुमान...
बैशाख २७,काठमाडौं : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट बञ्चित भएका छन्। अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४८०) को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरू विदेशमा छन्। कुल खस्ने मतको हिसाबअनुसार यो आधा भन्दा धेरै हो। त्यस्तै मतदानको काममा खटिने कर्मचारीहरू...
भक्तपुर । स्थानीय तहको निर्वाचन केन्द्रीय रहेर चागुनारायण नगरपालिकाले ३ दिन कार्यालय बन्द हुने भएको छ । हेर्नुस सूचना
भक्तपुर । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनकोलागी टीम निर्माण गर्नु पर्ने भएकाले खेलाडी र प्रशिक्षणकहरुलाई नाम दर्ता गर्न भक्तपुर जिल्ला खेलकुद बिकास समितिले आग्रह गरेको छ । सुचना हेर्नुस
रोल्पा । जिल्लाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा ९माओवादी केन्द्र० र नेपाली काँग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी काँग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको काँग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता...
काठमाडौं । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो। योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा...