बिरामी साथी भेटन जादा काङ्ग्रेसले आक्रमण गर्यो: एमाले उम्मेदवार जोशी

1565

भक्तपुर । नेकपा एमालेको तर्फबाट सुर्यबिनायक नगरपालिका वडा न. ५ वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशीले नेपाली काङ्ग्रेसले झुटो आरोप लगाउदै आक्रमण गरेको बताए ।

नेकपा एमाले सबैखाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध छ । निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउँन प्रतिबद्ध छ । जोशीले भने” हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौं । ”
जाने क्रममा गुण्डा शैलीमा ३/४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी गरेको उनले बताए ।

सो क्रममा केही नभेटिएको र त्यस विषयमा छलफल हुर्दै गर्दा स्थानीय एक अराजक व्यक्ति नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे) भन्नेले निर्वतमान न.स.स एवं हाल न.स.स पदका उम्मेदवार मनोज थापालाई सांघातिक हमला गरेको जोशिको भनाई छ ।

एमालेका वडा कमिटीका अध्यक्ष मधु थापाले जारी गरेको बिज्ञप्तीमा उक्त कार्यको घोर भर्त्सना गर्दै यस्ता गलत क्रियाकलाप र कु-प्रचारमा कुनै सत्यता नरहेको प्रष्ट पारिएको छ । भ्रमपुर्ण समाचार प्रकाशित नगर्न समेत सबै संचार माध्यममा अनुरोध गरिएको छ । वडा बासी जनसमुदायहरुलाई कुनै भ्रममा नपर्न हामी हार्दिक अपिल गर्दछौं, वडा कमिटीका अध्यक्ष थापाले भने ।