रोल्पामा माओवादीले कांग्रेसलाई खुकुरी हाने

72
सांकेतिक तस्विर

रोल्पा । जिल्लाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा ९माओवादी केन्द्र० र नेपाली काँग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी काँग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको काँग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिएका छन् ।