जेठ १,काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी भोलि (सोमबार) औपचारिक भ्रमणमा पाँचौँ पटक नेपाल आउदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन्। बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। मोदी भोलि बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम...
जेठ १,हेटौंडा : भरतपुर महानगरमा पाँचदलीय गगठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवार रेनु दाहाल प्रतिद्वन्द्वीभन्दा १०० भन्दा बढी मतले अगाडि छिन्। जारी मतगणनाको पछिल्लो परिणाम अनुसार तीन हजार १६८ मत गन्दा एक हजार १७८ मतसहित दाहालले अग्रता लिएकी हुन्। एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६८ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्।
जेठ १,
काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर वडा न. २ मा नेपाली काङ्ग्रेस उम्मेदवारहरु प्यानल सहित बिजयी भएका छन् । वडाको अध्यक्ष पदमा राज कुमार मल्ल बिजयी भएका छन् । मल्ले ५०३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी राप्रपाका उम्मेदवारले ३७४ मत ल्याएका छन् ।
काभ्रे । हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना कार्य काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सुरु भइसकेको छ । यस नगरपालिकामा एमालेका वडा अध्यक्षका उम्मेदवार शिब प्रसाद ढकालले २५७ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।उनलाई पछ्याउदैं नेपाली कांग्रेसका उम्मेदवार बुद्धिमान तामाङ्ले २०४ र नेकपा एकिकृत समाजबादी र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार लक्ष्मण बस्ताकोटीले ११९ मत ल्याएका छन् ।...
भक्तपुर । हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना कार्य चाँगुनारायण नगरपालिकामा सुरु भइसकेको छ । उक्त नगरपालिकाको १ र २ नं. वडाको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका जिवन खत्रीले १७२ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी मेयर पदकी उम्मेदवार विना बास्तोलाले १५१ मत ल्याएकी छिन् । ९ वटा वडा रहेको यस नगरपालिकामा ३३ हजार २३१ मत...
बैशाख ३१,सोलुखुम्बु : सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो ।...
बैशाख ३१,
भक्तपुरको मध्यपुरथिमिमा नेपाली काँग्रेसले अग्रता बढाएको छ । अहिले मध्यपुर थिमिको मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ । हालसम्म नगरप्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७, नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले २८६ ल्याएका छन् । उपप्रमुखमा एमालेकी उत्तरा नेपालले ३६६ मत, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २९६ मत ल्याएका छन् । अहिलेसम्म वडाध्यक्षमा काँग्रेसका...
बैशाख ३१,
बागलुङ : ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ। झडपमा ढोरपाटन नगरपालिका- २६ वर्षीय भीमबहादुर विक र वडा- १ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ।...
बैशाख ३१,चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा जित हार स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्। भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ’, उनले भने, ‘ सथानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला हो।”उले...
बैशाख ३१,काठमाडौं : काठमाडौं महानगरपालिकामा ७५ मत गन्दा गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच प्रतिस्पर्धा देखिएको छ। काठमाडौंको १ र ३२ वडाको कुल ७५ मत गन्दा बालेन शाहले २२, सृजना सिंह १८ र एमालेका केशव स्थापित १३ मत प्राप्त गरेका छन्। भने राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गरेका छन्। महानगरको मतगणना...










