जेठ ७,चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो। यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढलेर अटोलाई थिचेको...
जेठ ७,हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छिन्। ६७ हजार ५०८ मतगणना हुँदा दाहालले २६ हजार २५८ प्राप्त गरेकी छिन्। यो मत सुवेदीको भन्दा चार हजार ७०२ ले बढी हो । उनलेले २१ हजार ५५६ मत प्राप्त गरेका हुन्। यस्तै उपप्रमखमा चित्रसेन अधिकारी २८ हजार २०३ मतसहित...
जेठ ६,काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ।नेपाल शिक्षक महासंघबाट पोशाक परिवर्तनको माग आएको भन्दै विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।सूचना अनुसार महिला र पुरुषले गाढा खैरो सुट(कोट,पेन्ट), शर्ट(कमिज) हल्का नीलो लगाउनुपर्ने छ।त्यस्तै, गाढा खैरो ज्याकेट लाउनुपर्ने छ। स्वेटर कलेजी र जुत्ता कालो लगाउनुपर्ने विकास...
जेठ ६,चितवन : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ। महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो।सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ। उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमबीच एक जोडीलाई नगद...
जेठ ६धनगढी : दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्। हिजो (बिहीबार( सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका हुन्।
गत स्थानीय तहको निर्वाचनमा कार्की कांग्रेसबाट दुहुँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। यसपालि पनि उनी गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा सामेल भएका थिए। तर, उनी नेकपा एमालेका नरेन्द्र बडालसँग पराजित भए।...
जेठ ६,काठमाडौ : कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन्। कार्कीले ११ हजार ३२२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले बताइन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगरप्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थिए। एमाले...
जेठ ६,चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गरेका छन्। ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन्। विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तरराष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता,...
जेठ ६,हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजेको लागि वर्षे तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले दीर्घरोगीहरुलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास...
काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन्।महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा...
जेठ ५,काठमाडौं : सरकारले गणतन्त्र दिवस त्रि–दिवसीय कार्यक्रमका साथ मनाउने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिले जेठ १४...








