Thursday, October 1, 2026
Home राजनीति भरतपुरमा रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै

भरतपुरमा रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै

83

जेठ ७,

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छिन्। ६७ हजार ५०८ मतगणना हुँदा दाहालले २६ हजार २५८ प्राप्त गरेकी छिन्। यो मत सुवेदीको भन्दा चार हजार ७०२ ले बढी हो । उनलेले २१ हजार ५५६ मत प्राप्त गरेका हुन्। यस्तै उपप्रमखमा चित्रसेन अधिकारी २८ हजार २०३ मतसहित फराकिलो मतान्तरले अघि छन्। राप्रपाकी हिमला गुरुङले १६ हजार ७४५ मत ल्याएकी छिन्।