शिक्षक कर्मचारीको पोशाक परिवर्तन

174

जेठ ६,

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ।नेपाल शिक्षक महासंघबाट पोशाक परिवर्तनको माग आएको भन्दै विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।सूचना अनुसार महिला र पुरुषले गाढा खैरो सुट(कोट,पेन्ट), शर्ट(कमिज) हल्का नीलो लगाउनुपर्ने छ।त्यस्तै, गाढा खैरो ज्याकेट लाउनुपर्ने छ। स्वेटर कलेजी र जुत्ता कालो लगाउनुपर्ने विकास केन्द्रले जनाएको छ।