ओखलढुंगा । जिल्लामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्। आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका(५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए। उनका अनुसार घरभन्दा डेढ किलोमिटर टाढा सडकमा फेला परेकी हुन्।‘गाउँको बाटोमै फेला परेको हो। दायाँबायाँ जंगल जस्तै छ,’ उनले भने, ‘अर्धचेत...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाएका हुन् ।यस्तै कार्यक्रममा ब्यानरसमेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै एमालेसहितका...
-डा. कुमकुम झा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञमहिलाका लागि अनिवार्य आवश्यक्ता हो, स्यानिटरी प्याड । प्रत्येक महिलाले हरेक महिना स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ । तर, सबैको हकमा यसको सहज उपलब्ध छैन । एक त खर्च अभाव, अर्कोतिर सहजै नपाइने । विपन्न अनि ग्रामिण क्षेत्रमा स्यानिटरी प्याड ‘आकासको फल’ जस्तै भएको छ । महिनावारी एउटा प्रकृति प्रक्रिया हो । महिनावारी...
काठमाडौं । विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिइरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको छ । जुन गत आवको यसै समयको भन्दा झण्डै १४ अर्बले बढी हो । गत आवको...
जेठ ८,विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स २०२२ को तेस्रो दिन उत्सवका साथ मनाइँदै थियो। सोही दिन पहिलोपटक स्क्रिनिङ हुन लागेको हलिउड फिल्म थ्री इयर्स अफ लङ्गिङ हेर्न मानिसहरू तयार हुँदै थिए। अचानक एकजना युवती आफूले लगाइरहेको कपडा फुकालेर चिच्याउन थालिन्। उनको शरीरको माथिल्लो भागमा युक्रेनको झण्डाको झल्को दिने गरी रंग लगाइएको थियो। जहाँ अंग्रेजीमा हामीलाई बलात्कार गर्न बन्द...
भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि अब धेरैको ध्यान जिल्ला समन्वय समिति तर्फ देखिन्छ । भक्तपुरका चार नगरपालिकाका ८ जना प्रमुख र उपप्रमुखले समन्वय समितिमा मतदान गर्न पाउँछन् । यसपालि कुनैपनि दलको बहुमतमा नभएकाले कसले चाहिँ समन्वय नेतृत्व गर्ला भन्ने चर्चा सुरु हुन थालेको देखिन्छ । जहाँ नेकपा एमालेको ३ जना, नेपाली कांग्रेसको २, नेमकिपाको २ र नेकपा माओवादी...
जेठ ८,काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसामा परेकी पीडित युवतीको भिडियाे यतिवेला सामाजिक सञ्जाल तरंगित छ।देशका विभिन्न स्थानमा पीडितले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने भन्दै प्रदर्शन भइरहेका छन्।पीडित युवतीले सार्वजनिक गरेको भिडियोमा पूर्व मिस नेपाल माल्विका सुब्बाको नाम पनि मुछिएपछि यतिवेला नेपाली कला क्षेत्र दुई खेमामा बाँडिएको छ। माल्विकाले सार्वजनिक रुपमा माफी माग्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपछि माल्विकालाई...
जेठ ८,
काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्बन्धी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।
शुक्रबार काठमाडौं आएकी जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो। उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए। भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएको छ। आज स्वदेश फर्कनु पहिले उनले आइतबारै...
जेठ ८,सुनसरी: धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित लगभग सुनिश्चित भएको छ। धरानमा कुल ६२ हजार ८५७ मत खसेकोमा अब ४ हजार ६२१ मात्रै गणना गर्न बाँकी रहेको छ।
स्वतन्त्र उम्मेदवार साम्पाङले ४ हजार १५९ मतान्तरले अगाडि छन्। बिहान ११ बजे सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार १५५ मत ल्याएका छन्। यता, गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार...
जेठ ७,
विराटनगर : मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन्। महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्की विजयी भएका हुन्। कोइरालाले ३० हजार १७० मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन्। यस्तै कार्कीले २५ हजार ६८० मत प्राप्त गर्दा उनकी...









