Home Blog Page 92
२७ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् । उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् । मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल...
कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका कालीकोटकै नरहरी गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका थिए। शुक्रबार नै दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए। ती दुवै किशोरको खोजीका लागि शनिबार गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...
नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि फरक फरक हुन सक्छ। जस्तो मुखको क्यान्सरको कुरा गर्ने हो भने तपाईं/हामीले खाने सुपारी, सुर्ती र रक्सी अनि मुखमा सरसफाइको कमीले यस्तो भइरहेको छ। थाइराइडको...
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पूर्वसांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन...
काठमाडौं । सायद हामीले जे देख्छौ, त्यो मात्र सत्य हुँदैन। सायद वास्तविकता पहिले तयार पारेर राखिएको हुन्छ। सायद राम्रो देखिनलाई दिएको मुस्कान झुट हो र भित्रभित्रै उ निराशामा एकदमै राम्ररी डुब्दै गईरहेको छ, निराशाले हामीलाई गाभ्दै लगिरहेको छ। सायद हामीहरु सुरुङको उज्यालो अथवा अन्त्य हेरिरहेका हुँदैनौँ, किनभने त्यो सुरुङले उनीहरुलाई बिरामी र थकित बनाएको हुन्छ। निराशाको रोग (डिप्रेशन) कहिले...
काठमाडौं । कलाकार सुबोध गौतम बिरामी परेका छन्। सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका गौतमको उपचार चितवनमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ। वैशाख २० मा स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो। उनलाई युरिन ट्याक इन्फेक्सन भएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार गौतमलाई अझै केही दिन...
विर्तामोड । विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै छन् ।उनी माथी जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।‘पीडितले अदालतमा गरेको बयान, उनको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रहरी कहाँ परेको जाहेरी दर्खास्त र...
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८मा सडक दुर्घटना हुदाँ एक जना किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३–०२–०१४ प. ५०४३ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त घटनामा नालाबाट च्यामासिंह तर्फ आँउदै गरेको बा. प. ०२–०३६...
एजेन्सी । बुधबार भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ।बुधबार राति १:०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन्।भारतले पाकिस्तानमाथि...
पर्वत । नेपाल प्रहरीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...