Wednesday, September 30, 2026
Home समाचार कलाकार सुबोध गौतम बिरामी, उपचार हुँदै

कलाकार सुबोध गौतम बिरामी, उपचार हुँदै

38

काठमाडौं । कलाकार सुबोध गौतम बिरामी परेका छन्। सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका गौतमको उपचार चितवनमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ। वैशाख २० मा स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो। उनलाई युरिन ट्याक इन्फेक्सन भएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार गौतमलाई अझै केही दिन अस्पतालमै रहनेछन्।