Friday, September 18, 2026
Home समाचार च्यामासिंह–नाला सडकमा दुर्घटना, सुडालका फुयाजुको मृत्यु

च्यामासिंह–नाला सडकमा दुर्घटना, सुडालका फुयाजुको मृत्यु

57
photo by: GOOGle

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८मा सडक दुर्घटना हुदाँ एक जना किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३–०२–०१४ प. ५०४३ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त घटनामा नालाबाट च्यामासिंह तर्फ आँउदै गरेको बा. प. ०२–०३६ प. ५३२७ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई स्कुटरमा ठक्कर दिदाँ वर्ष १७ रिजन फुयाजु गम्भिर घाइते भई तत्काल मध्यपुर ठिमी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भई बा ९१ प ८४१२ नं. मोटरसाइकल चालक देश भारत घर भई हाल काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष २४ को ईजार आलम र सवारी साधनहरु प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको । प्रहरीका अनुसार अर्का नुवाकोट शिवपुरी गाँउपालिका वडा नं २ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर बस्ने वर्ष ४० को बिरे तामाङ घाइते भई ख्वप अस्पताल च्यामासिंहमा उपचार भईरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बतायो ।