Home Blog Page 91
सोमबार २५६९ औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले...
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालको मौसम प्रणालीमा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। सोमबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका...
सन् २००३ मा अमेरिका गएका विनय शाहले सन् २००७ मा अमेरिकाबाट इन्टरनल मेडिसिनमा एमडी पास गरे। एमडी पास गरेलगत्तै सन् २०१० देखि ३ वर्षसम्म अंकोलोजी र हेमाटोलोजीमा फेलोसीप गरे। उनले १३ वर्षसम्म मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट भएर काम गरे। त्यसयता भने उनी गैरनाफामुलुक संस्था विनय-तारा फाउण्डेसनमा पूर्ण रूपमा लागेका छन्। उनी यो संस्थाको अध्यक्ष र सिइओ (प्रमुख कार्यकारी अधिकृत)...
सत्तारूढ नेपाली कांग्रेसकी सांसद अन्जनी श्रेष्ठले एमबिबिएस अध्ययन गर्ने अत्यधिक विध्यार्थीहरूलाई एक/दुई नम्बरले फेल गराइने पाइएको बताएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले लापरवाही ढंगले कापी चेक गर्दा थोरै अंकले विद्यार्थी फेल हुने गरेको बताएकी हुन्।'जाँच कसलाई गराउने हो? रिचेक गर्दा सोही विद्यार्थीले हेर्न नसक्ने गरी नम्बर दिइँदो रहेछ। कुनै कापीमा नम्बर जोड्न पनि छुटाइँदो...
काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान ३ बजे काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्कँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-७ का ४८ वर्षीय लवकुश अधिकारी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले चलाएको टिपर सडकबाट आफै ब्याक भएर एक...
तीनकुने घटनामा फरार रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। कनकई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनले उनकी ३४ वर्षीया श्रीमती पुजा हेमरनको हत्या गरेको आरोप छ। गएराति सवा ११ बजेतिर उनीहरूबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।झगडा भएपछि पुजामाथि हेमरनले धारिलो हतियार प्रहार गरी फरार भएका थिए।प्रहरीले घटनास्थलबाट खुकुरी बरामद गरेको छ।...
संसदमा विचाराधीन ६ विधेयक यथाशीघ्र पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै ६ वटा विधेयक शीघ्र पारित गर्न संसदसमक्ष प्रस्ताव गरेका हुन्। प्रधानमन्त्रीका अनुसार वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा...
हेटौंडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल ब्यवसायलाई नीतिगत रुपमा नै ब्यवस्थित गर्नु पर्ने बताएका छन।बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभालाई उद्घाटन गर्दै काफ्लेले देशको राजश्वमा महत्त्वपूर्ण योगदान दिएको मोबाइल ब्यवसायलाई कानुनी झन्झट्पुर्ण अवस्थाबाट मुक्त गरिनु पर्ने बताएका हुन।`देशको अर्थतन्त्र उन्ननयनका लागि ब्यवसायीसँग ...
जम्मू-कश्मिरमा पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक जना उच्च अधिकारी मारिएको बताइएको छ। भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले पाकिस्तानी सेनाको बमबारीमा जम्मु-कश्मिरको रजौरीका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको मृत्यु भएको जनाएको छ। जम्मू-कश्मिरका मुख्यमन्त्री ओमर अबदुल्लाहले एडिडिसी (एडिसनल डिस्ट्रिक्ट डेभलपमेन्ट कमिश्नर) थापाको पाकिस्तानी सेनाको बामबारीमा परी मृत्यु भएको एक्समार्फत जानकारी दिएका छन्। हिन्दुस्तान टाइम्सले शनिबार बिहान उनको...