Home Blog Page 93
काठमाडौं, । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका...
बीबीसी । कश्मीर एक जातीय विविधताले भरिपूर्ण हिमाली क्षेत्र हो जुन यसको ताल, घाँसे मैदान र हिउँले ढाकिएको पहाडहरूको सुन्दरताका लागि प्रसिद्ध छ। सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटेनबाट स्वतन्त्र हुनुभन्दा पहिला पनि यो क्षेत्रमा चर्को विवाद रहेको थियो। भारतीय स्वतन्त्रता ऐनद्वारा प्रदान गरिएको विभाजन योजना अन्तर्गत मुस्लिम बहुल कश्मीर भारत वा पाकिस्तानमध्ये एकमा विलय हुन स्वतन्त्र थियो।...
काठमाडौं । आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि राजावादीहरूले अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित जुटेका विभिन्न राजावादी दल र समूहले यस्तो घोषणा गरेका हुन् । उनीहरूले अब राजा र हिन्दु राज्य फर्काउन सुवेदीकै नेतृत्वमा आन्दोलन गर्ने सहमति पनि जुटाएका छन् । राजावादीहरूले गणतन्त्रवादी दलहरूसँग अझै पनि सहमति र समझदारीको...
भक्तपुर । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले आफ्नो सांगीतिक यात्रामा पहिलोपटक भक्तपुरमा एकल सांगीतिक प्रस्तुति दिएका छन् । पाँच दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रलाई योगदान दिँदै आएका श्रेष्ठले वैशाख २० गते सल्लाघारीस्थित इम्पेरियल बैन्क्वेटमा आयोजित 'दीप श्रेष्ठ म्युजिकल इभ २०८२' मा करिब तीन घण्टा लामो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर...
भक्तपुर । मध्यपुर थिमि नगरपालिका सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट भएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमवार सूचनाको हक कार्यान्वयनमा उत्कृष्ट कार्य गरेवापत मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद ३० हजार रहेको छ । सिलवाललाई आयोगले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति...
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते आयोजित प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदक सहित भक्तपुरले उपाधि आफसँगै राखेको हो ।यस्तै प्रतियोगितामा टिम द्दितिय भने मेन रोजो रङ्गशाला हुन सफल भएको...
काठमाडौ । नेपालका विभिन्न स्थानमा महोत्सव आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।रोल्पा जिल्लाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीय धनकली बुढा मगरलाई नगद रु. एक लाख सहयोग गरेको संस्थाको अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ ।"सुरुमा पाठेघरको मुखमा देखेको क्यान्सर अहिले चाहिँ जिउमा पनि फैलेको हुनाले बुढा मगर...
काठमाडौं। नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ। बैशाख २७ गते हेटौंडामा हुने साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्ने मंगलबार हेटौंडामा पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो।महासंघका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभा मुल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले साधारणसभामा देशभरबाट करिब एक हजार मोबाइल ब्यवसायी सहभागी हुने जानकारी दिए। साधारणसभामा देशभरका ६० जिल्ला,...
नेपालगञ्ज । खाल्डोमा गाडिएको अवस्थामा बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नउलापुरमा एक बालकको शव फेला परेको छ। करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो। कुशल कोहलपुर नगरपालिका क्षेत्रमै डेरा गरी बस्ने यशोदा बुढाका छोरा हुन्। उनी कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत थिए। वैशाख ८ गतेदेखि हराइरहेका कुशलका बारेमा उहाँकी आमाले ९ गते इलाका प्रहरी...
भक्तपुर । मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय...